अपडेट 
२०७८ मंसिर २०, सोमबार ०७:४०

वीरगञ्जमा भएको मैत्रीपूर्ण बैडमिन्टन प्रतियोगितामा प्रमुख जिल्ला अधिकारीको टोली पराजित भएको छ ।

भारतीय महावाणिज्य दूतावासले ‘आजादी को अमृत’ महोत्सवका अवसरमा वीरगञ्जमा कार्यरत सरकारी अधिकारीहरु बीच मैत्रीपूर्ण वतावरण निर्माण गर्ने उद्देश्यले बैडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो । मैत्रीपुर्ण प्रतियोगितामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टीम विजयी भएको छ भने प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको टीम पराजित भएको छ । वीरगन्जका सरकारी अधिकारीहरू र महावाणिज्य दूतावासबीच सुमधुर सम्बन्ध बढाउनका साथै खेलकुद र तन्दुरुस्तीको महत्वलाई दृष्टिगत गरी महावाणिज्य दूतावासले प्रतियोगिताको आयोजना गरेको थियो । निजामती,सुरक्षा तथा अन्तर वित्तीय संस्थानका कर्मचारीहरुको सहभागितामा बैडमिन्टन प्रतियोगिताको आयोजनाले सद्भावपूर्ण सम्बन्धलाई सुमधुर बनाउनुका साथै खेल भावनाको विकास गराउने उद्देश्य पूरा हुने विश्वास समेत आयोजकको छ । प्रतियोगितामा वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका कर्मचारी, जिल्ला प्रशासन र प्रहरी कार्यालय वीरगन्ज, जिल्ला सशस्त्र प्रहरी पर्सा, क्षेत्रीय कारागार कार्यालय र नेपाल राष्ट्र बैंक वीरगञ्जका अधिकारी सम्मिलित पांच डबल्स टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीका दुई सदस्यहरूमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समेत सहभागी रहेका थिए ।

प्रतियोगितामा वाणिज्य दूतावासका पदाधिकारी, कर्मचारी र सहभागी संघसंस्थाको ठूलो संख्यामा दर्शकको समेत सहभागिता रहेको थियो । विजेता र सहभागी टोलीलाई महावाणिज्यदूत नितेश कुमारले ट्रफी हस्तान्तरण गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए । मैत्रीपूर्ण बैडमिन्टन प्रतियोगितामा ट्रफी वितरण गर्दै महावाणिज्यदूत कुमारले खेलले कर्मचारीहरुबीचको सम्बन्ध मात्र होइन नेपाल र भारतको मित्रवत् सम्बन्ध प्रगाढ बनाउन यसले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News