अपडेट 
२०७८ मंसिर २०, सोमबार १५:१४

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपाल समेत पसेको छ । दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुई जनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ । ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

ओमिक्रोन संक्रमित भएको मुलुकबाट मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ । यो भेरिएन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् ।

विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकासहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ । नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् ।

https://www.youtube.com/watch?v=HgBk08Dtmng

Comment


Related News

Latest News

Trending News