२०७८ मंसिर २०, सोमबार १५:५२

नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशन तत्कालका लागि स्थगित भएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश अधिवेशन स्थगित गरिएको घोषणा गरेका हुन् । प्रदेश–२ का कयौँ जिल्लामा विवाद कायमै रहेको देखिएपछि अधिवेशन स्थगित गरिएको हो । प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नाम आउन नसकेको समितिले जनाएको छ ।

सर्लाहीको धेरै वडामा अधिवेशन हुन बाँकी छ । जिल्लाको निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली अझै प्राप्त हुन नसकेकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश–२ का संयोजक रमेश रिजालले बताए । पार्टीको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीको सम्पूर्ण अधिवेशन हुन बाँकी रहेको छ । यता सप्तरी क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशन पनि हुन सकेको छैन ।

प्रदेश–२ को अधिवेशन अब महाधिवेशन पछि गरिने रिजालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News