अपडेट 
२०७८ मंसिर २०, सोमबार १६:०३

नेपालमा सोमबार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३८ जना र १ हजार ५ सय ३ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४३ जनाको कोरोना कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ९ सय १ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ८६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News