२०७८ मंसिर २१, मंगलवार १३:३६

महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित ईटा भट्ठा नजिकै मंगलवार एक पुरूषको शव फेला परेको छ ।

मृतक पुरूष जलेश्वर नगरपालिका ७ का अन्दाजी ४२ वर्षीय रामसृष्ठ यादव रहेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार यादवको मृत्यूको कारण भने खुल्न सकेका छैन् ।

मृतक यादव शुक्रवारदेखि नै बेपत्ता थिए । जलेश्वर नगरपालिका ७ का वडाध्यक्ष रामछविला यादवका अनुसार घम्साघम्सी पश्चात शसस्त्र प्रहरीले १०१ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको घटनाको प्रत्यक्षदर्शी थिए मृतक यादव ।

घटना भएकै बेलादेखि बेपत्ता रहेको यादवको शव फेला परेपछि आफूहरु सशंकित बनेको वडाध्यक्ष यादवले बताए । उनले यादवको मृत्युबारे सुक्ष्म छानविन हुनुपर्ने माग समेत गरेका छन् ।

प्रहरीले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाएको छ । प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News