अपडेट 
२०७८ मंसिर २१, मंगलवार १६:३३

नेपालमा मंगलबार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ३ सय ८६ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ७ सय ६४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३०४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय ५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ५२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News