२०७८ मंसिर २२, बुधबार ०७:३१

प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा नीति आयोगका निवर्तमान सदस्य डा. वैधनाथ महतोलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सिरहा मिर्चैया नगरपालिका –२ बस्ने डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्री तथा उक्त विश्व विद्यालयका सहकुलपति नवलकिशोर साहको सिफारिसमा मुख्यमन्त्री राउतले महतोलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री राउत उक्त विश्वविद्यालयका कुलपति रहने ऐनमा व्यवस्था गरिएको छ । केही दिन अघि प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र बीरगंज प्राविधिक विश्वविद्यालय खोल्ने अध्यादेश मार्फत उक्त कानून ल्याएको थियो । मुख्यमन्त्री राउतले आफ् नो गृहनगर बीरगञ्जमा भने उपकुलपतिको नियुक्ति गरेका छैनन् ।राउतले यस अघि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रामकेवल साहलाई नियुक्त गरेका थिए ।सो प्रतिष्ठानका रजिष्ट्रार र रेक्टरमा नियुक्ति पाएकाहरुलाई अदालतले कानून सम्मत नभएको भन्दै पदमुक्त गरिसकेको छ । उपकुलपति डा.साहले एक्लै प्रतिष्ठानको सञ्चालन गरिरहेका छन् ।अदालतले रजिष्ट्रार र रेक्टरलाई नियुक्त गर्न सरकारले चासो देखाएको छैन् । पछिल्लो समयमा नियुक्ति गरिएको जनलोकपाल आयोगका पदाधिकारीहरु कार्यालय कोठा र कर्मचारीको अभावमा काम थाल्न सकेका छैनन् ।आयोगका अध्यक्ष र दुई जना सदस्य समेत एउटै कोठामा खुम्चिएर बस्न बाध्य छन् ।तर प्रदेश सरकारले उनीहरुलाई कर्मचारीको व्यवस्था गरेको छैन् । डा.हरिवंश झा र भोगेन्द्र झाको कार्यकालमा प्रदेश नीति आयोगका सदस्य रहेका डा.महतोले नियुक्ति पाए पनि कार्यालय, कर्मचारी लगायतका विषयमा अनभिज्ञ छन् ।मंसिर २७ गते महतोको पदबहाली हुनेछ ।

राजविराजको केशोवती अनरुद्धबती मावि (के अ मावि) को शिक्षक तालिम भवनमा विश्वविद्यालयको कार्यालय स्थापना हुनेछ ।विश्वविद्यालयका उपकुलपति नियुक्त भइसकेपनि त्यसका लागि दरबन्दी कायम भएको छैन् ।कर्मचारी नै नभएको विश्वविद्यालयका उपकुलपतिलाई पदबहाली गराउने कर्मचारी समेत रहेको छैन् ।रजिष्ट्रार, रेक्टर लगायतका पदाधिकारीहरु नियुक्ति गर्ने प्रक्रिया समेत थालिएको छैन् । कार्यालय कहाँ रहने र कसरी पदबहाली हुने त्यो आपूmलाई जानकारी नभएको डा.महतोले बताए ।‘नियुक्ति पत्र आज पाएको छु’ उनले भने, अन्य सबै व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्नेछ । उपकुलपति डा.महतोले नियुक्ति पाएकै दिनदेखि तलब लगायतका सेवा सुबिधाहरु पाउने छन् ।उनको सेवा सुविधाहरुबारे अध्यादेशमा नै उल्लेख गरिएको छ ।प्रदेशमा अध्यादेशबाट एकै पटक दुईवटा विश्वविद्यालय स्थापना गरिएको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालय केही वर्षदेखि सञ्चालनमा छ ।तर त्यसको अवस्था अत्यन्त दयनीय रहेको छ ।

Comment


Related News

Latest News

Trending News