अपडेट 
२०७८ मंसिर २२, बुधबार १५:३१

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा मृत्यू भएका ११ जनाको शव फेला परेको भारतीय टिभी आजतकले जनाएको छ । हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकोप्टरमा सेनापति रावत र उनकी पत्नीसहित १४ जना सवार थिए । शव फेला परेकाहरुको पहिचान हुन सकेका छैन । शव जलिसकेको अवस्थामा फेला परेको बताइएको छ ।

मौसम खराबीका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकप्टर दुर्घटनाको विस्तृत जानकारी गृहमन्त्री राजनाथ सिंहले संसदमा दिनेछन् । उनी संसदमा केहिबेरमै पुग्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News