२०७८ मंसिर २३, बिहीबार ०७:५४

विवाहपञ्चमीमा मौका छोपी लुटपाट र चोरी गर्ने अपराधीहरुलाई धनुषा प्रहरीले समातेको छ ।

प्रहरीले भीड–भाडमा बगली मारेको आशंकामा ४७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २७ जना महिला रहेका छन । अधिकांश बगलीमारा भारतीय नागरिक रहेका छन् । सामान्य भेषभूषामा देखिने उनीहरुले भीड–भाड हुने स्थान जानकी मन्दिर, बारहबिघा मैदानबाट शंकाको आधारमा पक्राउ गरिएको हो । सीताराम विवाह महोत्सव पछि अनुसन्धान गरेर पक्राउ परेकाहरुलाई छाडिने जनाइएको छ । यस अवसरमा प्रत्येक वर्ष बगलीमाराहरुको पक्राउ पर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News