२०७८ मंसिर २५, शनिबार ०७:४३

काठमाण्डू ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले हल गर्नुपर्ने वताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उदटनमा नेता ठाकुरले भने–‘विवादको छिनोफानो गर्ने न्यायाधीश र अदालत आफैँ फसेको छ । सर्वोच्च आफैँ मिलेर छिनोफानो गर्नुपर्ने अवस्था छ, अरुले हस्तक्षेप गर्न मिल्दैन ।’ वर्तमान संविधानमा केही त्रुटी रहेकाले आफूको असन्तुष्टि कायमै रहेको भन्दै उनले मधेशीको मुद्दालाई चाडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । असन्तुष्टिको आवाज उठाउँदा मधेश आन्दोलन र थरुहट आन्दोलन सिर्जना भएको र त्यसमा सङ् लग्न नेता कार्यकर्ता अझै बन्दी अवस्थामा रहेको भन्दै रेशम चौधरीलगायत नेता कार्यकर्ताको रिहाइका लागि अनुरोध पनि गरे । नेता ठाकुरले मधेशी समुदायले उठाएका मागको चाडो सम्बोधन नभए पुनःसङ्घर्षमा उत्रन बाध्य हुने जिकिर गरे । उनले पार्टीमा स्थिरता नभए सरकार पनि अस्थिर हुनेहुँदा प्रभावकारी काम नहुने भन्दै पार्टी पङ्तीलाई एकताबद्ध गर्दै देशको शासन प्रणालीलाई सुदृढ तुल्याउन सरकारको नेतृत्वकर्ता दल कांग्रेसलाई आग्रह गरेका थिए ।

Comment


Related News