२०७८ मंसिर २५, शनिबार ०७:५१

सप्तरी । वर्षायाममा आउने बाढीले ठूलो जनधनको क्षति पु¥याउने सप्तकोशी नगरपालिकाका विभिन्न खोला तथा प्रभावित हुने क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, सशस्त्रका प्रहरी उपरिक्षक राजु श्रेष्ठ र सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्मा सहितका टोलीले स्थलगत निरीक्षण गरेका हुन् । टोलीले वर्षायाममा त्रियुगा, अमहा र सत्रापत्रा खोलाले ल्याउने बाढी र त्यसबाट प्रभावित हुने क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित क्षेत्रका बासिन्दासंग समेत आवश्यक जानकारी लिएको छ । वर्षायामको समयमा उक्त खोलाहरुको बाढीले सप्तकोशी नगरपालिकाको अधिकांश वडाहरु वर्षेनि डुबानमा पर्ने गरेको छ । निरीक्षणको क्रममा प्रभावित क्षेत्रका वासिन्दाले वर्षा र बाढीले वर्षेनि आफूहरु समस्या भोग्दै आएको पीडा सुनाउंदै समस्याको दिगो समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । टोलीमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख यादवले यस क्षेत्रमा वर्षेनि बाढीबाट हुने क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि गर्नुपर्ने कामहरुबारे आवश्यक जानकारी लिन स्थलगत निरीक्षण गरिएको र चांडै व्यवस्थापनका कामहरु अघि बढ्ने बताए ।

Comment


Related News

Latest News

Trending News