अपडेट 
२०७८ मंसिर २५, शनिबार ०७:५८

राम जानकी विवाह महोत्सवमा सहभागी हुन देश विदेशबाट आएका साधुसमाजसंगै आफू निकटका र आफ्ना आफन्तजनलाई दान–दक्षिणासंगै आमन्त्रितको हैसियत अनुसार धोती, दोसल्ला, गमछा, चुनरी, पागआदि साज सज्जाले सृंगार पटार गरी सुस्वादु छप्पन भोग खुवाएर जानकी मन्दिर प्रांङणमा ६ दिवसीय राम जानकी विवाह महोत्सव विहीवार सम्पन्न भएको छ ।

राम कलेवा नाम दिइएको मरजाद भोजको छप्पन भोग खाएकाहरु उकुस मुकुस गर्दै अमिलो डकार गरी रहेको वेला युवा अभियन्ता सरोज कुमार मिश्र यस अघि बुधवार राती जानकी मन्दिरमा निर्मित भव्य विवाह मण्डपमा सम्पन्न राम जानकी विवाह स्थलमा देखिएका दृश्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभयो । जसको शिर्षक थियो – ‘ विवाहपञ्चमी र चाकरीगिरी ’। मिश्रको अभिव्यक्ति जस्ताको त्यस्तै राख्ने अनुमति मांगे । ‘ त्रेतायुगमा सीता माता र भगवान रामको विवाह भएको सम्झनामा हरेकवर्ष मनाइने विवाहपञ्चमी अब केही मन्दिर का ठेकेदारहरुले आफ्नो बिर्ता सम्झन थालेका छन् । विवाहपञ्चमीका अवसरमा हुने मौलिक अनुष्ठान र गतिविधिहरूलाई लत्याउँदै आफ्नो उल्लु सीधा गरिरहेका छन् । भारत र नेपालका विभिन्न ठाउँबाट समेत हजारौं श्रद्धालुहरू दुःख सहेर भगवान को विवाह हेर्न आ’का हुन्छन ं, तर स्टेज मा भगवानको मूर्ति नै छोपिने गरी केही सांसद, मन्त्री, उद्योगपत्नी ,र फाईदावाला अड्डा प्रमुखहरु लाई गरेको सम्मानपुर्वक चाकरी ले वास्तावमा मन्दिरमा पनि पैसावाला र सत्तावाला कै बोलबाला हुँदो रैछ बुझ्न सकिन्छ । मन्दिर जस्तो पवित्र ठाउँको अस्तित्वलाई कुनै युबा कल्ब को मञ्च बनाउनु कति को जायज हो ? जनकनन्दनी सीता माताको पवित्र भूमिमा विवाहपञ्चमीका अवसरमा देश–विदेशबाट आएका श्रद्धालुहरूलाई खाना को, शौचालय को, अन्य आवश्यक कुरा मात्र होइन अयोध्या र अन्य पिठ बाट आएका अति महत्तवपूर्ण साधु सन्तलाइ समेत नजर अंदाज गरी मात्र केही फाइदावाला र पहुचवालाहरुको चाकडी गर्ने थलो बन्न लाग्दा पनि स्थानीय को चूपी लाई के बुझ्ने ? जय हो किशोरी मैया ।’ माथिका अभिव्यकित मिश्रजीका निजी हुन् ।

यस विचारसंग सहमत र असहमत हुने स्वतन्त्रता सबैलाई छ । तर यस विचारले केही सवाल भने अवश्य खडा गरेको छ । मिथिलामा विवाहवेदीलाई यज्ञको वेदी जतिकै पवित्र मानिन्छ । विवाहवेदीमा वेहुला वेहुलीसंगै दिनभरि पवित्र भएर निराहार बसेका कन्यादान गर्ने माता पिता वा जेष्ठजन , पवित्र मन्त्रोचारण गरी विवाह सुसम्पन्न गराउने गुरु पुरोहित तथा पुरोहितलाई सहयोग गर्ने हजामको उपस्थितीमात्र हुन्छ । अन्य जन्ती र घरबैया तल बसेर वैवाहिक विधि व्यावहार हेर्छन । वेहुला वेहुलीलाई आशीष दिन्छन् । तर अभियन्ता मिश्रले भने जस्तै राम जानकीको विहेवेदीमा दर्जनौं व्यक्तिको अनुहार देखियो । त्यो पनि राम सीताको स्वरुपनै ढाकिने गरी । बडे र छोटे महन्तजी दर्शक दीर्घामा देखिएका कथित भिभिआईहरुलाई बोलाएरै मञ्चमा झिकाएको दृश्य पनि फेसबूक लाईभ र टेलीभिजनका पर्दाहरुमा देखिए । हिन्दुहरुले मनाउने राम जानकी विवाह महोत्सव होस् कि राम नवमी वा जानकी नवमी , दुर्गापूजा होस् कि मुसलमानहरुको ताजिया वा मुहर्रम । नेताजीहरु शुभकामना दिन पुग्नु हुन्छ । पर्व त्यौहार र धार्मिक आस्था अनुसारकै पोसाक लाउनु हुन्छ अनि आस्था अनुसारकै भाषा बोल्नु हुन्छ । हजार ौंको सहभागिता रहने विवाह महोत्सवका विधि व्यावहार नपुग्ने कुरै भएन । यसमा पनि निम्तो पठाएपछि झन उत्साहका साथ आउनु हुन्छ । विवाह महोत्सवको मुख्य आयोजनमा सहभागी हुन देश विदेशबाट आएका श्रद्धालुहरु मञ्चमा राम सीता, कन्यादान गर्ने महन्तजी तथा विधकरीहरुलाईमात्र हेर्न चाहेका हुन्छन् । नेताजीहरु वा कथित भिभिआईहरुलाई होईन । तर राम सीताकै स्वरुप ढाकिने गरी अन्य व्यक्तिलाई देखेपछि सच्चा श्रद्धालुहरु आक्रोशित हुनु स्वाभाविक हो । हो हल्ला गर्नु जायज हो हो । उनिहरुको यस आक्रोशलाई स्वाभाविक रुपमा लिनु पर्थियो । सर्वसाधारणको रामसीताप्रतिको आस्थालाई सम्मान गर्नु पर्थियो । तर दुर्भाग्य जानकी मन्दिरका जिम्मेवार व्यक्तिलाई अझ आक्रोशित देखियो । जानकी मन्दिरका एक जिम्मेवार व्यक्तिले सार्वजनिक रुपमै बोलेको पनि सुनियो –‘ देख के है त चुपचाप देखू नहि त बाहर जाऊ ’ । म यस जिम्मेवार महानुभावलाई भन्न चाहन्छु – महाशय ।

यी सर्वसाधारणहरुकै आस्था , विश्वास , दान–दक्षिणा र सहभागिताकै कारण विवाह महोत्सवको यस्तो रौनक हो । हजारौंको सहभागिता देखेरै मन्त्री, जन्त्री, सांसद र नेताहरुको आगमन हुन्छ । हजुरले जसलाई ‘ देख के है त देखू नहि त बाहर जाऊ ’ भन्नु भएको हो , कथंकदाचित उनिहरु महोत्सवमा अर्को वर्ष सहभागी हनु भएन भन्ने यी नेताजीहरुको दर्शन नदारद हुन्छ । उनिहरु धार्मिक आस्था भन्दा पनि भोटर खोज्दै आएका हुन सक्छन् । होइन भने इमानदारीपूर्व भन्नोस् – राम जानकी विवाह महोत्सव , राम र जानकी नवमीवाहेक यी नेताजीहरुलाई वर्षमा कति पटक जानकी मन्दिर आएको देख्नु भएको हो ? जानकी मन्दिरमा हुने पर्व त्यौहार र उत्सव महोत्सवहरुलाई चहटगर र भडकाउ बनाउनु भन्दा पनि आमजनमा धार्मिक आस्था जगाउने प्रकृतिको बनाईनु पर्दछ । पूजा पाठ र विधि व्यावहार सबैले देख्न सक्नेगरी सहज र सुलभ बनाउनु पर्दछ । शोभा यात्रामा सहभागीहरुको पहिरन,उत्साह तथा भावुकता गजवको थियो तर जानकी मन्दिरसंगै शोभा यात्राको मार्ग र बारहबीघा रंगभूमि मैदान अत्यन्तै फोहर थियो । शोभायात्रामा वाजा गाजा र साज सृंगारसहित नगर प्रमुख लालकिशोर साहपनि सहभागी थिए । शोभा यात्रा जस्तै यात्रा मार्गपनि सफा सुग्घर र चिल्लो चिप्लो भएको भए सुनमा सुहागा हुन्थे । तर दुर्भाग्य नगरको सफाई र शोभा यात्राको सुन्दरता देखेर मलाई मैथिलीको एउटा उखान स्मरण आयो – देह उघार आ हाथभरि लहठी ….।

Comment


Related News

Latest News

Trending News