अपडेट 
२०७८ मंसिर २५, शनिबार ०८:१३

सप्तरी । राजविराज कारागारमा भइरहेको अनियमितता रोक्न तथा दोषिमाथि कारवाहीको माग गर्दै कैदीबन्दीहरुले शुक्रबार भोकहड्ताल सहित विरोध प्रदर्शन गरेका छन् ।

कारागार भित्र संचालित किराना पसलमा आफूहरुसित चर्को मूल्य लिएर समान बिक्री गर्ने गरेको, भेट्न आउने आफन्तहरुसंग दुव्र्यवहार गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगी चन्दन यादव, नाइके विजय यादव लगायतको बन्दीको सरुवाको माग समेत अघि सारेका छन् । सरकारले दिए अनुसारको सेवा सुविधा नदिनुका साथै कारागारभित्र किराना पसलमा जेलर कोइराला, कार्यालय सहयोगी र नाइकेको मिलोमतोमा आफूहरुले किन्ने सामानमा चर्को मूल्य लिने गरेको आन्दोलित कैदीबन्दीको आरोप छ । लगातार नाराबाजीमा कैदीबन्दी उत्रेपछि प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौत्तम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायतको सहभागितामा दुई घण्टाको छलफलपछि छानबिन समिति गठन गरी सोको प्रतिवेदनको आधारमा दोषीमाथि कारवाही गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले शुक्रबार नै तीन सदस्यीय छानबिन समिति गठन गरिएको र सो समितिले दिने प्रतिवेदनको आधारमा आवश्यक कदम चालिने बताए । कूल १ सय २५ कैदीबन्दी राख्ने क्षमता भएको उक्त कारागारमा हाल ए, बी र महिला ब्लक गरी कूल ३ सय ५२ कैदीबन्दी राखिएकोले समस्या भएको छ ।

Comment


Related News

Latest News

Trending News