अपडेट 
२०७८ मंसिर २५, शनिबार १८:५७

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ९ मा लोडरको ठक्करले एक बालकको मृत्यू भएको छ ।

राजमार्ग निर्माणको काम गरिरहेका चाइनिज कम्पनीका लोडरको ठक्करले स्थानीय संजीव मोक्तानका ९‌ वर्षीय छोरा सिदार्थ मोक्तानको मृत्यू भएको हो । घटनापछि नम्बर नलेखिएको चाइनिज लोडरमा स्थानीयले तोडफोड र राजमार्ग समेत अबरूद्ध पारेको थियो ।

स्थानीयले फरार चालकमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने स्थानीयले माग गरेका थिए । राजमार्ग अबरूद्ध हुंदा हजारों सवारी साधन अलपत्र परेपछि प्रहरीले आन्दोलित स्थानीयसंग वार्ता गरेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन कुमार दाहालले चालकलाई कारबाही गर्ने र क्षतिपूर्ती उपलब्ध गराउने सहमती स्थानीयसंग गरेर दिउसो साढे चार बजेदेखि अबरुद्ध राजमार्ग साँझ ६ बजे खुलाएका छन् ।

Comment


Related News