२०७८ मंसिर २६, आईतवार ०७:२२

महान अर्थविद् एवम् कुशल कुटनीतिज्ञ चाणक्यको नामबाट हामी सवै परिचित छौं । चाणक्यले आठ–नौं बर्षको बालक चन्द्रगुप्तमा एक कुशल शासक बन्ने क्षमता देखेपछि उनलाई प्रशिक्षित गरी सामन्तवादी शासक नन्द वंशलाई सत्ताच्यूत गरे । मुलुकमा अहिले लोकतान्त्रिक व्यवस्था छ । पाँच बर्षको अन्तरालमा जनताले मतदानमार्फत आफ्ना नेता छनोट गर्छन् । लोकतन्त्रमा मतदातालाई आपूm ‘चाणक्य’ हँु, सम्झेर नेता छान्नमा विवेक प्रयोग गर्नुपर्छ । अधिकांस मतदाताले विवेक प्रयोग नगरी जात, धर्म, सम्प्रदाय, पार्टी र अमूल्य मतको मूल्य लिएर मतदान गर्छन् । मुलुक बनाउनु छ भने हाम्रोको ठाउँमा राम्रो नेताको चयन गर्नुपर्छ । नेपालमा राजनीति स्थिरता र विकासमा पछाडि पर्नुमा अधिकांसले नेतालाई दोषी ठान्छन् । तर, नेताभन्दा जनता पनि कम दोषी छैनन् । किनभने, नेता आफैं नेता भएको होईन्, जनताले नै नेता बनाएका हुन् । नेतालाई पनि हेक्का राख्नुपर्छ कि जनताले अनुमोदित गरेपछि नेता बनेको हु । सत्तरी बर्षको अवधिमा एकाध जनाबाहेक दूरदृष्टि भएका कुशल राजनेता मुलुकले पाउन सकेन् । सात दसकअघि नेपालभन्दा गरिव सिङ्गापुरलगायतका मुलुकहरु विकसित राष्ट्रको श्रेणीमा पुगिसकेको र हामी ति मुलुकहरुमा श्रम बेच्न विवश छौं ।

मजदुरको श्रम, पसिना बेचेर छाती फुलाएर भन्छौं, ‘हाम्रो मुलुकमा आठ खर्बभन्दा बढी रुपियाँ विप्रेषण (रेमिट्यान्स)को रुपमा भित्रिन्छ ।’ मुलुकको अर्थतन्त्रको कूल गार्हस्थ उत्पादन( जिडीपी)को एक चौंथाई हिस्सा विप्रेषणले ओगटेको छ । यदि, यो विप्रेषण आउने बन्द भयो भने अर्थतन्त्र धराशायी हुनेछ । त्यस परिस्थितिसँग जुध्नका लागि सरकारको कस्तो तयारी छ । यस विषयमा जनतालाई पनि संवेदनशील हुनुपर्ने हो । तीस लाखभन्दा बढी व्यक्तिहरु विदेशमा रोजगारीमा छन् । मुलुकले रोजगार दिन नसकेपछि बाध्य भएर विदेसिन परेको हो । अर्काको मुलुकमा घरपरिवारको भरणपोषणका लागि श्रम गर्नुपरेको छ । पारिवारिक विछोड, कष्टप्रद बसाई र कतिपय व्यक्तिको परिवारिक संरचना भत्किएको र कहालिँलाग्दो पीडादायक घटनाका साथै सरदर दैनिक तीन चारजनाको दुःखद मृत्युको खवरले स्वाभिमानी नेपालीको ह्रदयमा ब्रजपात हुनु स्वभाविक हो । मुलुकको भाग्य विधाता ठान्नेहरु मख्ख छन, पछूतो छैन् । किनभने, रेमिट्यान्स र जनताको करबाट सरकार चल्दै छन् । एकताका नेपालले कृषि क्षेत्रमा उत्पादित खाद्यान विदेश निर्यात गर्दथ्यो भने दुई दसकदेखि पेट भर्नका लागि चामल, दाल, तेल, गहूँ र यहाँसम्म कि, रक्सी बनाउनका लागि कोदोपनि आयात गर्न बाध्य छौं । यस्तो अवस्थामा पनि हामी गर्वका साथ उद्घोष गर्छौ, ‘नेपाल कृषिप्रधान मुलुक हो ।’ ‘वाह क्या खुव ! लाज पचाएर गर्व त गर्ने प¥यो नि ।’ मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पर्यटन, उर्जा र कृषि क्षेत्रको विकासका साथै उद्योग स्थापनाका एजेण्डालाई पहिलो प्राथमिकता राखेको भएपनि वास्तवमा, सत्ताप्राप्तिपछि आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नयाँ– नयाँ पद सृजना गर्नमैं दत्तचित देखिन्छ ।

यो सत्य स्वीकार गर्नैपर्छ, “हामी वस्तु उत्पादन गर्ने उद्योग ठप्प गरी अर्काको मुलुकको लागि मजदुर उत्पादन गर्ने उद्योगको रुपमा स्थापित भइसकेका छौं ।” जव– जव मुलुकले विकासको क्षेत्रमा गति लिन खोज्छन् । तव–तव मुलुकमा अन्धराष्ट्रवादको नाराले तीव्रता लिन्छन् । उर्जा क्षेत्रका साथै बहूराष्ट्रिय कम्पनीहरुलाई भित्रयाउने प्रयास हुनासाथ राष्ट्रियतालाई प्रमुख विषय बनाइन्छ । राष्ट्रियताको खतराको विषय महेन्द्र राजमार्गको निर्माणको वेलामा र सरदारहरु ट्रक लिएर पहिलोपल्ट काठमाडौं पुग्दा तीव्र रुपमा उठेको थियो । राष्ट्रियताप्रति सचेत रहनुपर्छ तर, प्रत्येक ठाउँमा राष्ट्रियताको विषय उठान गर्दा विस्तारै– विस्तारै महत्वहीन हुने सम्भावना पनि रहन्छ । अहिले मुलुकमा अमेरिकाको एमसिसी कार्यक्रमको पनि विरोध भइरहेको छ । यस विषयमा के भ्रम छरिएको छ भने एमसिसी लागू भएमा ‘ अमेरिकाको सेना आउने रे’ । एक्काइसौं शताब्दीमा सेना पठाएर कुनै संप्रभुसत्ता सम्पन्न राष्ट्रलाई कब्जा गर्ने किमार्थ सम्भव छैन् । अनाहकका विषय वस्तुहरु उठाएर जनतालाई दिग्भ्रमित गर्ने कार्य सुनियोजित रणनीति तहत गरिएको बुझिन्छ । अमेरिकाको सेना आउने डर फिजाएर मुलुकको विकास र नयाँ रोजगारमा बाधा उत्पन्नगर्नुबाहेक अरु केही होईन् । यो कार्यक्रम विश्वको ५५ राष्ट्रमा सञ्चालित छन् । कतिपयले दोहराएर कार्यक्रम सञ्चालन गरेका छन् । एमसिसीको विरोध राजनीतिक उद्देश्यसँग जोडिएको देखिन्छ । कतिपय त लहैलहैमा विरोधमा उत्रेका छन् । अहिले एउटा पक्ष यो व्यवस्थालाई फाल्न उद्यत छन् । ति पक्षले मुलुकमा जति बेरोजगारी बढ्छन, त्यति जनतामा असन्तोष फैलिन्छ र जनता सडकमा उत्रनेछ ।

तसर्थ, एमसिसीबाट खतरा छैन् भन्ने विषयमा जनतालाई जागरुक गराउने दायित्व राजनीतिक दलको हो । विहारमा लालु यादव मुख्यमन्त्री हुँदा उनको एउटा महत्वपूर्ण नारा थियो । “जव तक विहारमे गरिव रहेगा, तव तक लालु राज करेगा ।” उनले, त्यो नारालाई सत्ताको भ¥याङको रुपमा प्रयोग गर्दथे । गरिवहरु यो नारा सुनेर खुश हुन्थे । दस बर्षसम्म गरिव परिवारको खासै आर्थिक अवस्थामा सुधार नआएपछि, बल्ल थाहा पाएछ, ‘लालुले आफ् नो सत्ता लागि गरिवलाई ‘गरिव’ नै राख्न खोजेछन् ।’ नेपालमा पनि यस्ता विचारका नेताहरु छन् । गरिवीको राजनीतिक मुद्दाको रुपमा प्रयोग गर्ने तर, सत्तामा पुगेपछि गरिवी उन्मूलनका लागि ठोस योजना ल्याउन नसक्ने नेताको कारण रोजगारीको लागि विदेश पलायन हुनुबाहेकको विकल्प छैन् । अधिकांस व्यक्तिहरु आफ्ना गल्ति नहेर्ने, अर्काको गल्ति हेर्ने र उपदेश दिनपनि पछि पर्दैनन् । त्यस्ता, व्यक्तिहरुले यो मुलुकमा केही हुन सक्दैन् । सवै नेता भ्रष्ट छन् । कर्मचारी घुस्याहा भए, समयमा काम नगर्ने, सेवाग्राहीलाई अनाहकमा दुःख दिने गर्छन् । पुलिस, प्रशासनपनि जनताभन्दा बढी नेतालाई महत्व दिन्छन् । सरकारी शिक्षकहरु पार्टीको झोला बोक्नमा व्यस्त छन्, विद्यार्थीलाई के पढाउँछन् । जहाँपनि कमिशन, मेयरको के कुरा गर्नु, वडा सदस्यपनि खुव कमाए, लुटमलुट छ, कामपनि आफ्नै नातागोता र कार्यकर्तालाई दिन्छन् ।

पत्रकारपनि दिनभर कहाँ गडवड छ, त्यहाँ पुगेर धम्काएर रकम लिन व्यस्त रहन्छन् । यस्तै, हो ! यो मुलुक गयो गोलखाडीमा .. । यस्ता गफ दिँदै चियाको चुस्की लिँदै नेताले देश बर्वाद ग¥यो भनेर प्रवचन दिइरह्दा साथमा बस्नेहरु टाउको हल्लाउँदै भन्छन्, ‘अव आउने निर्वाचनमा यस्ता फटहाहरुलाई तह लगाउनुपर्छ ।’ अव, मरि गएपनि यस्ता बेईमानलाई जित्न दिन्न । लोकतन्त्रमा बोल्ने अधिकार छ । मानिस दुई बर्षको हुँदा बोल्न शुरु गर्छन । तर, कहाँ के बोल्ने, कति बोल्ने विषयमा सोच्दैनन् । जथाभावी बोल्ने गरेको कारणले कहिँले आफैं समस्यामा पर्ने र समाजलाई भ्रमित पार्छन् । कमजोरीमात्रै गिन्ती गराउने, तर कमजोरीलाई हटाउनका लागि एक नागरिकको रुपमा के भूमिका खेलेको विषयमा सोध्दा नाजवाफ हुन्छन् । अर्को पक्ष नेताले पनि ठूल्ठुला सपना बाँडेर सामान्य कामपनि गर्न नसक्दा जनताले नेताप्रति विश्वास गर्न छोडेको देखिन्छ ।

नेतालाई हेर्ने नजरिया फरक– फरक

अधिकांस व्यक्तिले नेता चयनको क्रममा व्यक्तिगत स्वार्थ हेर्छन् । आफ्ना स्वार्थपूर्ति भयो भने असल नेता नत्र ति नेतामाथि चोर, फटहालगायतका आरोप लगाउने चलन छ । किसानको नजरमा नेता किसानको हकहितप्रति सदैव सजग रहनुका साथै सस्तो वीऊ, मल खाद उपलब्ध गराउने खालको हुनुपर्ने, मध्यमवर्गको नजरमा आवश्यक साधन उपलब्ध गराउन सक्ने, महङ्गी नियन्त्रण र छोराछोरीलाई नोकरीको व्यवस्था मिलाउने नेता हुनुपर्ने, कर्मचारीको नजरमा सरुवा, बढुवामा सहयोगगर्ने खालको हुनुपर्ने, उच्चवर्गका व्यापारीको नजरमा उद्योग स्थापनामा सहयोग गर्ने, कर कम लिने, कच्चा पदार्थमा कर नलिने र व्यापारीको हकहितका लागि आवाज उठाउने खालको हुनुपर्ने । चोर, तस्कर, गुण्डाको नजरमा नेताको पहुँच प्रहरी, प्रशासनमा हुनुपर्ने, सुकुम्वासीलाई घडेरी, वेरोजगारलाई रोजगारलगायत सवैलाई आ–आफ् ना व्यक्तिगत स्वार्थपूर्ति गर्ने नेता चाहिएको छ । सवै पक्षलाई समेटेर अगाडि नेता सफल र असल ‘नेता’ कहलाउँछन र चाहना पुरागर्न नसक्नेलाई काम नलाग्ने नेताको तक्मा भिडाइन्छ ।

सफल नेतामा यस्तो गुण हुनुपन

असल नेतासँग भविष्यवादी दृष्टि हुनुपर्छ र आफ् नो विचारलाई दुनियाको सफल व्यक्तिको रुपमा नाम अङ्कितगर्ने क्षमता हुनुपर्छ । अमेरिकाको ३४औं राष्ट्रपति ड्वाइट डी, आइजनहावरले “नेताको सर्वोच्च गुण निर्विवाद रुपमा इमान्दारी र अखण्डता हो । यसको विना, कुनै वास्तविक सफलता सम्भव छैन् । एक प्रभावशाली नेता बन्नका लागि आत्मविश्वास हुनुपर्छ । तपाईको आदेश वा विचारलाई अन्यले पालन गरुन् भन्ने सम्बन्धमा तपाईमा आकर्षितपार्ने क्षमता हुनुपर्छ । यदि, तपाई स्वयं आफ्नो गुण र निर्णयको विषयमा अनभिज्ञ हुनुहुन्छ भने तपाईको अधिनमा बस्नेले तपाईको मार्गदर्शनको अनुशरण गर्दैन् । कुनैपनि नेताको लागि कठिन काम भनेको आफ्नो मार्गको लागि अरुलाई अनुशरण गराउनु हो । यो तव सम्भव हुन्छ, जव तपाई आफ्नो समर्थकबीच राम्रो उदाहरण प्रस्तुत गरेर आकर्षित गर्न सक्नुहुन्छ । एक असल नेतालाई जनता र राष्ट्रप्रति प्रतिबद्ध रहनुपर्छ । तपाई चाहनुहुन्छ कि मेरो समर्थक मेरोलागि सवै काम गरोस भने राम्रो सञ्चारक, निर्णय लिने क्षमता र जवाफदेही, प्रत्यायोजन र अधिकारिता, रचनात्मक र सहानुभूतिजस्ता गुण हुनुपर्छ । यसका साथै जनताको नजरमा सदैव विश्वसनीयता कायम राख्नुपर्छ । कुनैपनि व्यक्तिको यो प्रारम्भिक गुण हो ।

यो गुण नभए अन्य कुनैपनि गुण वेकार हो । नेताको व्यक्तित्व विश्वास गर्ने योग्य छैन् भने उसको विनम्रता र निर्णय लिने क्षमतापनि प्रभावित गर्दैन् । वर्तमान परिपेक्ष्यमा नेताहरुको विश्वसनीयता रसातलमा पुगेको छ । लोकतन्त्रमा जनताको इच्छा रहन्छ कि नेता हामीहरुबीच समय– समय आइरहुँन । त्यसकारण, जनतासँग सम्बन्ध अटुट राख्नुपर्छ र समयको पहिचान गरी उचित निर्णय लिनुपर्छ ।

Comment


Related News

Latest News

Trending News