२०७८ मंसिर २७, सोमबार ०७:४७

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले नपाबाट प्रवाह हुने सेवाले नगरवासीले पाउने सन्तुष्टि नै मेरो निम्ति मार्गदर्शन बन्ने धारणा राखेका छन् ।

अधिकृत पौडयालले आफू हरेक काममा सहभागितामूलक ढंगबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै शाखाहरु व्यवस्थापनबाट काम सुरु गर्ने जानकारी दिए । टुडे समाचारदातासंगको कुरोकानीमा उनले भने,‘ असारे विकास प्रवृतिलाई अन्त्य गर्दै समयमै कार्ययोजना बनाइ काम सम्पन्न गर्ने मेरो योजना छ अब कामको लागि भने असार नै पर्खिनु पर्दैन ।’ शाखा प्रमुखहरुलाई शाखा व्यवस्थापनको लागि आदेश दिइसकेको जानकारी दिंदै उनले भने,‘सबै शाखालाई त्यसप्रति सजग रहन निर्देशन दिएको छु ।’ सहभागितामूलक तरिकाबाट गर्ने कामलाई अगाडि बढाउँदै अनुगमनले सन्त्रास पैदा नगरी सचेतना जगाउने काम गर्नु पर्ने आजको आवश्यकता रहेकोमा उनले जोड दिए । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर योजनाहरु तयार गर्न हामीले काम सुरु गरिसकेको जानकारी पनि दिए । उनले चालु आर्थिक वर्ष २०७८÷०७९को मंसिर महिनासम्म कति कार्य भएको सोको प्रगति अवस्था के छ र बाँकी गर्नुपर्ने कामहरु के के छन, कसरी सम्पन्न गर्ने हो, त्यसकोलागि नगरपालिकाको सबै शाखाका प्रमुखहरुलाई कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र प्रगति विवरण आइसकेपछि त्यसै अनुसारको कार्ययोजना बनाइ समयमै काम सम्पन्न गर्ने योजना रहेको स्पष्ट पारे । आफूले विकास निर्माणको काम संग सँगै सामाजिक उत्तरदायित्वको काममा समेत बिशेष ध्यान दिइ काम अगाडि बढाउनुको साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक आदिलाई पनि विशेष सुविधा दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News