अपडेट 
२०७८ मंसिर २८, मंगलवार ०८:००

सिरहा । उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ ।

केही दिन पूर्व मात्रै नेपाली बजारमा आएको यस सिमेन्टले छोटो समयमै ५३ ग्रेडको मान्यता पाउनु कम्पनीको लागि ठूलो उपलब्धि रहेको जनाइएको छ । यस अवसरमा कम्पनीले आगामी पुस मसान्त सम्ममा ग्राहकहरुलाई ४३ ग्रेडकै मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा रहेको शौर्य सिमेन्टले ओपीसी,पिएससी सिमेन्टहरु उत्पादन गर्दै आएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा पीसीसी र लो अल्काली सिमेन्टको उत्पादन गर्ने योजना रहेको जनाउंदै भनेको छ,‘नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने शौर्य सिमेन्ट पहिलो उद्योग रहेको छ।’ दैनिक ७० हजार बोरा (३५हजार मेट्रिक टन) उत्पादनको क्षमता रहेको जनाउंदै शौर्य सिमेन्टले देशभरिकै बजार माग धान्न सक्न दाबी गरिएको छ । सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरिरहेको बताउंदै उदयपुरको सुन जस्तो चुनढुंगा नै मुख्य कच्चा पदार्थको स्रोत रहेको शौर्य सिमेन्ट इण्डनष्ट्रिजले जनाएको छ । यस चुनढुंगामा अलुमिनियम र मैग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइएको कम्पनीको कथन छ ।

प्रविधिको कुरा गर्नु पर्दा शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एक मात्र अल्काली रिडक्सन प्रविधिले उत्पादन गर्ने सिमेन्टमा अल्कालीको मात्रा कम हुनेभएकोले निर्माणमा स्थायित्व प्रदान गर्न सहायक सिद्ध हुने दाबी समेत कम्पनीले गरेको छ । यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटीक ल्याब रहेको बिना कुनै मानवीय त्रुटि, स्वचालित मेसिनले गुणस्तरमा एकरुपता कायम गरी उच्च गुणस्तरीय तथा बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्धत मिल्ने गरेको बताइएको छ । शौर्य सिमेन्ट इण्डष्ट्रिज नेपालको परम्परागत बोराको तुलनामा अल्ट्रा सोनिक सिलिंग सिष्टम र लेजर सील प्याकेजिंग गरी ल्यामिनेट गरिएको पानी तथा आर्दता प्रतिरोधात्मक बोराको प्रयोग गरेर बिना कुनै चुहावट, बोराहरू सार्न र लोड अनलोड गर्न एकदमै सजिलो हुनाको साथै सिमेन्टको गुणस्तर लामो समयसम्म कायम रहि रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News