अपडेट 
२०७८ मंसिर २८, मंगलवार ०८:०३

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का अधिकांश जनता कृषिमै निर्भर भएकाले दक्ष जनशक्ति उत्पादनका साथ साथै कृषिमा आधुनिकीकरण गर्नुपर्ने अहिले आवश्यकता औंल्याएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालय कार्यालयको उद्घाटन गर्दै उनले विश्वविद्यालयको स्थापनाले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताए । कृषि विश्व विद्यालयको निर्माण योजना सुरु भएर बीचमै रोकिने चिन्ता धेरैलाई हुने गरेको चर्चा गर्दै उनले भने,‘धेरै योजनाको सुरुवात हुन्छ र त्यसको अन्तको ठेगान हुंदैन तर यो विश्वविद्यालय आप्mनो लक्ष्यमा सफल हुने मेरो विश्वास छ’। प्रदेश सरकारले विश्वविद्यालयको लागि बजेटको व्यवस्था गरिसकेकोले जग्गा व्यवस्थापन तत्काल निर्माण कार्य समेत प्रारम्भ हुने उनको कथन थियो । नेपालमा मात्र नभइ चाइना लगायतको धेरै देशमा कृषि शिक्षाको महत्व रहेको भन्दै कृषि धान,गहुँ मात्र नभइ थुप्रै आयामहरु रहेकोले विश्वमै कृषिको महत्व बढ्दै गएको उल्लेख उनले गरे । विकासको काम सरकारले गरेर मात्र हुदैन नागरिकको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने आवश्यकता औंल्याउंदै उनले भने,‘ प्रदेश २ का नागरिकहरु कृषिमै आश्रित भएकोले हातमा कुनै न कुनै सीप हुनुपर्ने जरुरी छ । ’ कृषि क्षेत्रको आधुनिकीकरण एवं भूमिको व्यवस्थापनले गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै दक्ष जनशक्ति उत्पादन कृषि विश्वविद्यालयको मुख्य लक्ष्य रहेको उनले प्रष्ट गरे । कार्यक्रममा कृषि विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास हुन नसक्ने बताए । बिना सीप जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकाले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड प्रदेश सरकारले गठन गर्न लागेको उनले जानकारी दिए ।

प्राविधिक शिक्षामा प्रदेश सरकारले जोड दिदै आएको बताउदै दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवं रोजगारमूलक प्रदेश बनाउने प्रतिबद्धता उनले जनाए । कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विश्वविद्यालयका लागि बजेटको अभाव हुन नदिने बताउंदै विश्वविद्यालय संचालनका लागि प्रदेश सरकार हर–सम्भव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे सोही कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले संघीयताको उपज कृषि विश्वविद्यालय भएको बताउंदै प्रदेशको कृषि क्षेत्रलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको उल्लेख गरे । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको स्थापना तथा संचालनका लागि गत मंगलबार प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य डा. बैद्यनाथ महतोलाई उपकुलपतिमा नियुक्त गरेको थियो ।

विश्वविद्यालय सम्बन्धी दुई कानून प्रदेशसभा सचिवालयमा

प्रदेश २ सरकारले अध्यादेश मार्फत ल्याएको दुई वटा विधेयक कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा पठाएको छ ।

लामो समयदेखि प्रदेश सभा बैठक स्थगित रहेको अवस्थामा प्रदेश सरकारले अध्यादेश मार्फत सप्तरीको राजविराजमा कृषि विश्व विद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय संचालन सम्बन्धी कानुन ल्याएको थिए । प्रदेश सभाको बैठक २९ मंसिरमा बस्ने सुचना भएकाले प्रदेश सरकारले उक्त कानून प्रदेश सभा सचिवालयमा सोमबार पठाएको हो । अध्यादेश मार्फत कानून ल्याईसके पछि प्रदेश सभाको बस्ने पहिलो बैठकमै उक्त अध्यादेश सभामा टेबुल गर्नुपर्ने व्यवस्था रहेकोले सरकारले सचिवालयमा पठाएको हो । अध्यादेश मार्फत ल्याएको कानून प्रदेश सभाबाट पारित भएको खण्डमा ६ महिना सम्म मात्रै उक्त कानून कार्यान्वयन रहने छ । सरकारलाई उक्त कानूनलाई दीर्घकालीन रुपमा लागु गराउन प्रतिस्थापन विधेयक प्रदेश सभाबाट पारित गराउनु पर्ने प्रावधान छ । त्यसैगरी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको उक्त विधेयक सभाबाट पारित नभएको खण्डमा ७ दिन भित्रै उक्त कानून स्वतः खारेज हुने कानूनी प्रावधान रहेको प्रदेश सभा सचिवालय सचिव रंजित यादवले बताए ।

https://www.youtube.com/watch?v=4zKvV-KYITc&t=3s

Comment


Related News

Latest News

Trending News