वीरगञ्ज । उद्योग बाणिज्य संघ विरगञ्जका पदाधिकारी तथा पर्साका सुरक्षा प्रमुखहरु बीच भेंटवाता भएको छ ।
विहीबार भएको भेंटवार्तामा शान्ति सुरक्षा,तथा व्यवासायीहरुले भोग्दै आएको समस्या लगायतको विषयमा छलफल भएको छ । संघले पर्साका प्रहरी प्रमुख रमेशकुमार बस्नेत तथा श्री चण्डी प्रसाद गणका गणपति मनोज कार्कीसंग भेटघाट गरेका हुन् । छलफलको क्रममा संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगञ्ज नगरभरि जडान गरिएको सिसिटिभी क्यामेराको मरम्मत सम्भारको उचित व्यवस्थापनका लागि एउटा आईटी सम्बन्धी दक्ष जनशक्तिको दरबन्दीकालागि ध्यानाकर्षण गराएका थिए । आदर्शनगरको पुरानो बसपार्क एरियामा धर्मशाला एवम् बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी रहेकोले भिडभाड बढी हुने भएको हुंदा सवारीसाधन व्यवस्थापनको लागि एउटा प्रहरी बिट स्थापना गर्न संघका पूर्व अध्यक्ष अशोककुमार वैद्य र गणेशप्रसाद लाठले सुझाव दिएका थिए । प्रहरी उपरीक्षक बस्नेतले शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आपूmले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शान्ति सुरक्षा कायम राख्न निजी क्षेत्रका साथै सर्वसाधारणको पनि भूमिका
अपरिहार्य रहेकोले सूचना संकलनमा सहयोगका लागि आग्रह गरे । चण्डी गणका गणपति मनोज कार्कीले वीउवासंघले गर्दै आएको सामाजिक कार्यहरु सराहनीय रहेको बताउंदै यस्ता सामाजिक कार्यहरुमा सहकार्य गरी अघि बढ्न श्री चण्डी प्रसाद गण सदैव तत्पर रहने बताए । छलफलको क्रममा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्दै वीरगञ्जका व्यवसायीहरुले सीमावर्ती क्षेत्रमा भोग्नु परेको समस्या समाधानको लागि आग्रह गरे । सीमावर्ती क्षेत्रमा व्यापारीहरुसंग हुने गरेको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता समेत उपरीक्षक बस्नेतले व्यक्त गरेका थिए ।


