अपडेट 
२०७८ पुष २, शुक्रबार ०७:१७

वीरगञ्ज । वीरगञ्जमा जारी बि.वाई.सि.सि.कप इन्टर कलेज नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सम्पन्न फाइनल खेलमा वीरगञ्जको आयरा एकेडेमीले जित हात पारेको छ ।

वीरगंज युवा च्याम्पिन्स् क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेलको पहिलो चरणमा मैदानमा उत्रेका पिस जोन एकेडेमी वीरगञ्जले ५ विकेट गुमाउँदै २० ओभरमा १ सय ६ रन बनाएको थियो । १ सय ७ रनको विजय लक्ष्य लिइ मैदानमा उत्रेको आयरा एकेडेमीले ७ विकेट गुमाउँदै १३ ओभरमै लक्ष्य हासिल गरेको थियो । जसकालागि आयरा एकेडेमीका कप्तान भुटन साहले लगातार तीन वटा छक्का प्रहार गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच आयरा एकेडेमी वीरगंजका कप्तान भुटन साह घोषित भएका थिए ।

Comment


Related News

Latest News

Trending News