२०७८ पुष २, शुक्रबार ०७:२४

गौर । रौतहट प्रहरीले नेपाली नक्कली रुपैयां सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको परोहा नगरपालिका–८ नरकटियाबाट प्रहरीले भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको ६९ हजार ५ सय नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी मोतीपुरको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट पैदल आउंदै गरेको अवस्थामा भारत बिहार राज्य जिल्ला मोतीहारी थाना घोडासहन ग्राम श्रीपुर पञ्चायत कबैयाका मुखलाल प्रसादको छोरा २६ वर्षीय विकास जयसवाल र सोही ठाउंका रामेश्वर प्रसादको छोरा ३२ वर्षीय अजय प्रसादलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट एक हजारको नेपाली नक्कली नोट ६९ थान र पाँच सयको नक्कली नोट १ थान बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुमाथि खोटा मुद्रा सम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गर्दै अनुसन्धान जारी रहेको जिप्रका रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News