अपडेट 
२०७८ पुष २, शुक्रबार ०८:०४

युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ ।

ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो ।

यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

महामारी अगाडि नै देशहरुलाई आफ्नो क्षमता बढाउन र आवश्यक सावधानी अपनाउन साथै महामारी नियन्त्रणका लागि आवश्यक प्रयास थाल्न ढिला गर्न नहुनेमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले जोड दिनुभएको छ ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA

Comment


Related News

Latest News

Trending News