अपडेट 
२०७८ पुष २, शुक्रबार १६:०१

नेपालमा शुक्रबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३ सय २५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ३ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ३ सय ५३ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News