२०७८ पुष २, शुक्रबार १७:३७
नेपाली कांग्रेसको स्थगित प्रदेश २ को प्रदेश अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय भएको छ । केही जिल्लामा अधिवेशन नभएपछि रोकिएको प्रदेश २ अधिवेशको नयाँ मिति तोकिएको हो ।
निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार निर्वाचन समितिले मंगलबार र बुधबार गर्ने तय भएको अधिवेशनका लागि तयारी थालिसकेको जानकारी दिए । प्रदेश २ का सर्लाही, महोत्तरी, रौतहट र बारामा क्षेत्रीय अधिवेशन समयमै नहुँदा प्रदेश अधिवेशन रोकिएको थियो ।
प्रदेश अधिवेशनको उद्घाटनसत्र भने जनकपुरधाममा सम्पन्न भइसकेको छ । तर केहि जिल्लामा देखिएका विवादका कारण प्रदेश २ को अधिवेशनको उद्घाटनसत्र पछिका कार्यक्रम तत्काल स्थगित गर्ने निर्णय नेताहरुले गरेका थिए ।

