२०७८ पुष ३, शनिबार ०७:१९

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जारी मतगणनामा पार्टी सभापति शेरवहादुर देउवा सह–महामन्त्री पदमा आफ्नो वर्चस्व कायम राखेका छन् ।

महामन्त्रीमा दुवै पद गुमाएका देउवा सह–महामन्त्रीका ८ वटा पदमध्यये ६ वटा प्राप्त गरेका छन् भने दुई वटा शेखर कोइराला पक्षले प्राप्त गरेका छन् । देउवा समूहवाट मधेशीवाट महेन्द्र यादव, थारुवाट उमाकान्त चौधरी, मुस्लिमवाट फरमुल्लाह मन्सुर, खस आर्यवाट किशोर सिंह राठौर, आदिवासी जनजाति तर्फ भीष्मराज आङदेम्बे, महिलातर्फ डिना उपाध्याय बिजयी भएका छन् भने शेखर कोइराला समूहवाट दलिततर्फ जीवन परियार र पिछडिएको क्षेत्रबाट वद्री पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार महेन्द्र यादवले २३३० मत पाए भने रामकृष्ण यादवले १८२० मत ल्याए । यस्तै रञ्जित कर्णले ४७२ मत पाए । कुल मत ४६९७ खसेको थियो भने ७५ मत बदर भएको थियो । त्यस्ैत सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उमाकान्त चौधरीले २७६२ पाए भने तेजुलाल चौधरीले १८७७ मत पाएका छन् । कुल ४६९६ मत खसेको थियो भने ५७ मत बदर भएको थियो । सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका छन् । फरमुल्लाहले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए । कुल मत ४६९५ खसेको थियो भने ४८ मत बदर भएको थियो । त्यस्तै सहमहामन्त्रीमै खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । देवराज चालिसेलाई पराजित गर्दै किशोर सिंह निर्वाचित भएका हुन् । किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए । कुल मत ४६९१ खसेको थियो भने ५६ मत बदर भएको थियो ।

महाधिवेशनमा सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले २२१२ मत पाएका छन् भने मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २३२ छ । कुल खसेको ४६९५ मत मध्‍ये ७५ मत भने बदर भएको थियो । सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदेम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत पाएका छन् भने लामाले १९१३ मत पाएका छन् । महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । पाण्डेले २४११ मत पाए भने शाहीले २१३३ मत ल्याए । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उपाध्यायले २५३३ मत पाएकी थिइन् भने पन्तले २१०५ मत मात्र पाइन् ।

Comment


Related News

Latest News

Trending News