अपडेट 
२०७८ पुष ४, आईतवार ०७:२४

रौतहट जिल्लाका युवाहरु पशुपालन व्यवसायबाटै राम्रो आम्दानी गर्न सफल भएको देखिएका छन् ।

थोरै समयमा धेरै पैसा कमाउने चाहनाको कारण जिल्लाका अधिकांश युवाहरु विदेशिने गरेकोमा आप्mनै देशमा लगनशील भइ मिहिनेत गरेर पशुपालन गरी गढिमाई नगरपालिकाको धर्मपुर र पकहा बखरी टोलका युवाहरु राम्रो आम्दानी गर्न सफल देखिएका हुन् यी दुई टोलका अधिकांश युवाहरु गाई, भैसी र बाख्रा पालनबाट नै आत्मनिर्भर बन्न थालेका छन् । बखरी टोलका राजकरण यादवले दुई वटा गाई र ३ वटा भैंसीबाट सुरु गरेको पशुपालनबाटै महिनाको एक लाखभन्दा बढी कमाइ गर्ने गरेका छन् । यादवले तीन वर्ष अघि सुरु गरेको गाइ÷भैंसी गोठमा अहिले १५ वटा गाई र १० वटा भैंसी छ । गरुडा बजारबाट उन्नत जातका प्रति गाई ३० हजारमा र प्रति भैंसी ७० हजारमा किनेर ल्याएका राजकरणको गोठमा अहिले २५ वटा गाई भैंसी छन् । यादवको गोठमा दूध दिने ८ वटा, ब्याउने ३ वटा गाई र अरु बाँकी ४ वटा साना बच्छा बाच्छी रहेको छ । त्यस्तै ५ वटा दूध दिने भैंसी, २ वटा ब्याउने र अरु बाँकी ३ वटा साना पाडो÷पाडी रहेको छ । एउटा गाईले दैनिक ५ देखि ८ लिटर सम्म दुध दिने गरेको यादव बताउंछन । दूध दिने गाई भैंसीले दैनिक ८० लिटरसम्म दूध दिने गरेको र उक्त दूध बिक्री गर्न डेरीमा लैजाने गरेको उनले बताए । उनले मासिक २४ सय लिटर भन्दा बढी दूध बिक्री गर्दै आएका छन् । यादवले सबै खर्च कटाएर मासिक ८० देखि एक लाख सम्म आम्दानी गर्दै आएका छन् । दूध बिक्री गरेर नै वार्षिक १०÷१२ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । ‘दूध बिक्रीका लागि बजारको कुनै समस्या छैन ।

नजिकै गरुडामा रहेको दूध डेरीमा दूध लगेर बेच्ने गरेकोले बजारको कुनै समस्या हुंदैन,नगदमै कारोबार हुन्छ’,उनले भने । काम गर्ने इच्छा र जांगर भए विदेशको कमाई स्वदेशमै गर्न सकिने उनी बताउंछन् । व्यवसायिक पशुपालन गरेर विदेशको कमाई घरमै गर्न सकिने उनको धारणा छ । आधुनिक गोठ निर्माण गरेर व्यवसाय गर्ने युवा कृषकको पशुपालनमा आकर्षण बढ्नुका साथै दूध बिक्रीबाट यहाँका कृषकले प्रशस्त आम्दानी गर्न थालेका छन् । यहाँका कृषकले कम्तीमा एक÷दुई वटा उन्नत जातका गाई भैंसी पालेर सामान्य घरखर्च पनि चलाउंदै आएका छन् । पशुपालन गर्न सरकारले दिने गरेको अनुदान वास्तविक किसानले पाउन नसक्नु दुखद भएको कृषक यादवले गुनासो पोखे । उनले वास्तविक कृषकहरुले अनुदान पाउन नसकेको बताउंदै यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे । दूध बेचेरै कतिपय किसानहरुले मासिक एक लाख सम्म रुपियाँ कमाउने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News