समाचारदाता गौर । विश्व आप्रवासन दिवसको अवसरमा रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको मधेश क्रान्ति चोकमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।
गौर नगरपालिका , माण्डवी ,सामीको संयुक्त आयोजनामा दीप प्रज्ज्वलन गरी आप्रावसन दिवस मनाईएको हो । वैदेशिक रोजगारमा जानेहरुलाई जानकारी दिने र सुरक्षित रोजगारीको विषयमा सचेतना फैल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सचेत ,सीपमूलक र सुरक्षित रोजगार , मर्यादित श्रम आप्रवासनको मूल आधार नाराका सुरक्षित आप्रवासन सामी परियोजना रौतहटको गौर नगरपालिका र चंन्द्रपुर नगरपालिकामा संचालनमा रहेको छ । जिल्ला प्रसाशन कार्यालयमा वैदेशिक रोजगारमा जाने युवाहरु राहदानी बनाउन आउंदा खाडी मूलुकमा रोजगारीमा जांदा हुने जोखिम र ठगिमा पर्न सकिनेबारे परियोजनाले सचेतना जगाउने गरेको माण्डवी सस्थाका निर्देशक अन्जु झाले जानकारी दिइन् । परियोजना लागुभएपछि एजेन्टको मध्यमबाट वैदेशिक रोजगारीमा ठगिमा परेका पीडितहरुलाई रकम फिर्ता गरिएको बताए ।
वैदेशिक रोजगारीमा जांदा नेपाल सरकारको श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर ,सीप सिकेर मात्र जान सुझाव दिनुको साथै सुरक्षित हुने विषयमा जानकारी दिने गरिएको परियोजना अन्तर्गत काम गर्दै आएको निलु झाले बताइन् । दीप प्रज्वलन कार्यक्रममा आयोजक संस्थाका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


