२०७८ पुष ४, आईतवार ०७:३७

हरिवन । सर्लाहीको हरिवन नगरपालिका–४ कुशवाहा टोलमा सामुदायिक भवन निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि स्थानीय रामपृत महतो र विन्देश्वर महतोले जग्गा दान गरेका छन् । महतोद्वयले एक–एक कठ्ठा जग्गा दान गरेका हुन् । हरिवनमा शनिबार आयोजित एक कार्यक्रमबीच जग्गा दान गरिएको र लालपूर्जा समेत समुदायलाई हस्तान्तरण गरिएको छ । २० लाख मूल्य पर्ने जग्गा दान गरिएको दाताहरुले बताए । कुशवाहा टोलमा सामुदायिक भवनको अभावले विहेबारी,लगायतका सार्वजनिक कार्यक्रम गर्न अत्यन्त कठिनाइ हुने गरेको छ । भवन निर्माणको लागि जग्गा उपलब्ध भएपछि स्थानीयवासीहरु हर्षित भएका छन् । यता भवनको निर्माणको लागि जग्गा उपलब्ध भएपछि स्थानीय तहबाटै सामुदायिक भवन निर्माणको लागि पहल समेत सुरु भइसकेको छ । चालु आर्थिक वर्षमै भवन निर्माण सम्पन्न गराउने योजना रहेको र सोकालागि नगरपालिका तथा वडाध्यक्ष संग छलफल जारीरहेको र नगरपालिका भवन निर्माणको लागि योजना बनाउनेमा दाताद्वयको विश्वास छ ।

आयोजित कार्यक्रमबीच जग्गा दाताहरुलाई फूलमाला र अबीर लगाइ सम्मान समेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News