अपडेट 
२०७८ पुष ४, आईतवार १३:५०

बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछ। बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधि दाबेदार भारतको सामना गर्न लागेको हो ।

प्रतियोगिताको फाइनल पुग्नका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। त्यसैले नेपाल आज भारतलाई हराएर फाइनल पुग्ने योजनाका साथ मैदानमा उत्रिने छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।

भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

Comment


Related News

Latest News

Trending News