२०७८ पुष ५, सोमबार ०६:४०

राजविराज । बलात्कारको झुठो आरोप लगाइ रकम ठगी गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ लालापट्ीकी २४ वर्षीया रुबिना खातून र ३२ वर्षीय रहमान मियाँ रहेका छन् । दुबैजनालाई आइतबार पक्राउ गरी प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो । डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पछिल्लो पटक रुबिना र रहमान मिलेर सोही वडाकी गुलेशा खातूनसंग एक लाख रुपैयां ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ । रुबिनाले गुलेशालाई फोन गरी तिम्रो श्रीमान्ले मलाई बलात्कार गरेको छ, ४ लाख रुपैयां नदिए प्रहरीमा जबरजस्ती करणी मुद्दा अन्तरगतको जाहेरी दिन्छु भन्दै झुठो कुरा गरेर रकम ठगेको अनुसन्धानको क्रममा खुलेको हो’ डिएसपी काफ्लेले भने । सुरुमा चार लाख मागेपनि श्रीमान् फंस्ने डरले गुलेशाले तत्काल एक लाख रुपैयां बुझाएकी थिइन् । तर श्रीमान्ले उक्त आरोप सरासर गलत भएको बताएपछि उनी प्रहरी शरणमा पुगेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दै जांदा ठगीबारे खुलेको हो । यस्तो ठगीमा रुबिनालाई रहमानले सघाउने गरेकाले उनलाई पनि पक्राउ गरिएको डिएसपी काफ्लेले जानकारी दिए । पछिल्लो समय कानूनको आडमा रकम ठगी गर्न रुबिनाले झुठो आरोप लगाउने र रकम असुली गर्न थालेको अनुसन्धानको क्रममा खुलेको हो ।

पैसा ठगी गर्न रुबिनाले यसअघि पनि गाउंका कयौं यूवाहरुलाई फंसाउने र बार्गेनिङ गर्ने गरेको पाइएको छ, डिएसपी काफ्लेले भने, यसबारे पनि थप अनुसन्धान जारी रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News