मलंगवा । सर्लाही प्रहरीले नेपाली नक्कली नोट सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शनिबार राती सर्लाही सदरमुकाम मलंगवामा रहेको भन्सार कार्यालय नजिकैबाट भारत बिहार राज्यको सितामढी जिल्लाको सोनवर्सा थाना– ६ चिलरी टोलका ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सोही पञ्चायतको वडा नं. १ का ४८ वर्षीय प्रमोद कुमारलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीका अनुसार चेकजाँचको क्रममा उनीहरुलाई नक्कली नोट सहित पक्राउ गरिएको हो । उनीहरुले चढेको मोटरसाईकल जाँच गर्दा मोटरसाइकलको डिक्की र सिटको मध्य भागबाट नक्कली जस्तो देखिने एक हजारको १ सय १५ वटा नेपाली नोट, ४७ हजार ५ सय १० भारतीय रुपैयाँ र १ सय ७० नेपाली रुपैयाँ बरामद गरिएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=1s


