२०७८ पुष ५, सोमबार १३:२७

सिरहा । छुरा प्रहार गरी ज्यान लिएको घटनाको विरोधमा सिरहाको गोलबजारमा आज पुनः राजमार्ग अवरुद्ध पारिएको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको विरोधमा गोलबजार नगरपालिका ६ का बासिन्दाले राजमार्ग अवरुद्ध पारेका हुन् ।

हिजो राजमार्ग अवरुद्ध गर्दा पीडितलाई क्षतिपूर्तिको पहल गर्ने, घाईतेको निःशुल्क उपचार गर्ने र घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गर्ने सहमती प्रशासनले आन्दोलनकारीसँग गरेको थियो । तर २४ घण्टा वितिसक्दा पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आज पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

शनिवार साँझ गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यू भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News