अपडेट 
२०७८ पुष ५, सोमबार १५:३३

गोलबजारमा अबरूद्ध पूर्वपश्चिम राजमार्ग बल प्रयोग गरेर खुलाउन खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

झडपमा गोलबजार नगरपालिका ६ की अन्दाजी ३० वर्षीया समलिया सदायसहित केहि आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । समलियाको उपचार गोलबजारकै भुमिजा अस्पतालमा भइरहेको छ । झडपपछि आन्दोलन उग्ररुप लिएको छ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् । आन्दोलनकारीले प्रहरीलाई लखेटेर भगाएका हुन् । अहिले राजमार्ग आन्दोलनकारीको कब्जामा छ ।

गोलबजार नगरपालिका ६ डोहटियामा छोरा प्रहार गर्दा २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । उक्त घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै त्यहांका बासिन्दा राजमार्ग अबरूद्ध पारेर आन्दोलन गरिरहेका छन् ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=1s

Comment


Related News

Latest News

Trending News