गरुडा । रौतहटमा चिसोले कठ्यांग्रिएर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वाका दामोदर बैठाको दुई बर्षिया छोरी रमिता बैठाको आईतबार सांझ चिसोले कठाङग्रिएर मृत्यु भएको हो । रमितालाई लिएर तीन किलोमिटर टाढा सन्तपुरमा रहेको स्वास्थ्य चौकीमा खोप लगाएर फर्किने क्रममा चिसोमा कठ् यांग्रिएर मृत्यु भएको मृतकका बाबु बैठाले बताए । लामोसमय लाईनमा बसेर खोप लगाइ घर आउंदा सम्म जाडोले सिकिस्त भएको बालिकाको घरमा पुग्दा पुग्दै मृत्यु भएको जनाइएको छ । फतुवा विजयपुर नगरपालिका– ६ पेटभर्वा र रामदासी गाउंमा स्वास्थ्य चौकि नभएको कारण गाउंका सुत्केरी आमाहरु खोप लगाउन समेत तीन किलोमिटर पर पुग्नु पर्ने बाध्यता छ । मृतक बालिकाको घरमा रुवावासी चलेको छ ।