लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ ।
सिंहदरवार स्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । लोसपा संसदीय दलका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले पार्टी एमसीसीको पक्षमा उभिने निर्णय भएको र मंगलवार बस्ने संसदको बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यसअनुसार पार्टी अघि बढ्ने बताए । आइतवारको सर्वदलीय बैठकमा एमसीसीबारे भएको छलफलको विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले बिफिङ्ग गरेका थिए । सत्ता पक्षमै पनि एमससीको विषयमा स्पष्ट नरहेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए । बैठकमा संसदीय दलको नेताको विषयमा छलफल हुने भनिए पनि एजेण्डा नै नबनेपछि त्यसमा छलफल नभएको नेता कर्णले बताए । तर, पार्टीले अहिले सम्म संसदीय दलको नेता समेत चयन गर्न सकेका छैनन् । संसदीय दलका नेता चयन नभए पनि ठाकुरले सोमवार संसदीय दलको बैठक बोलाएका थिए । पार्टी भित्र आन्तरिक किचिलोका कारण अहिले हरेक निर्णय अध्यक्ष महन्थ ठाकुरलेनै गर्ने गरेका छन् ।
पार्टी भित्रको आन्तरिक किचिलोकै कारण आइतवार बोलाइएको सर्वदलिय बैठकमा अन्य नेताहरु समेत उपस्थित भएका थिएन् । अन्य नेताहरु एमसीसीको विरोधमा रहेका छन् भने ठाकुर एकलौटी एमसीसीको पक्षमा उत्रेका छन् ।