२०७८ पुष ६, मंगलवार ०८:००

राजविराज । दुई दिनयतादेखि बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएपछि सप्तरीका विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको छ ।

सोमबार दलित सरोकार मञ्च र व्योम कुसुमा बुद्ध धर्म संघद्वारा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी २ सय ५० विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको हो । कंचनरुप नगरपालिका–११मा आयोजित कार्यक्रमबीच प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २ सय ५० विपन्न परिवारलाई उक्त फाइबर सिरक हस्तानान्तरण गरेका छन् । उक्त नगरपालिका क्षेत्रमा पराल र खरको छाप्रोमा कष्टकर जीवन बिताउन बाध्य भएका विपन्न परिवारको पहिचान गरी फाइबर सिरक वितरण गरिएको हो । सो अवसरमा मन्त्री साहले आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसो छल्न प्रदेश सरकारले विगतमा पनि आवश्यक राहत उपलब्ध गराएको र भविष्यमा समेत राहत वितरणको लागि सरकारले पहल सुरु गरिसकेको जानकारी दिए । उनले ह्वातै बढेको चिसोको कारण न्यून आर्थिक आयभएकाहरुको जनजीवन एकदमै कष्टकर बनेको प्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले राहत वितरणको लागि तयारी सुरु गरिसकेको जानकारी दिए । प्रदेश सरकार जनताको सुखदुःखमा साथ दिन प्रतिबद्ध रहेको उनले दाबी गरे ।

Comment


Related News

Latest News

Trending News