२०७८ पुष ६, मंगलवार १३:१७

गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना भएकाले सम्झौता अघि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग उनले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरू भएको बताए । उनले भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’

एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको उनले प्रष्ट्याए । भने, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित यो परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’

Comment


Related News

Latest News

Trending News