२०७८ पुष ६, मंगलवार १३:४४

नेकपा अध्यक्ष केपी ओलीले आफनो कार्यकाल उखान टुक्कैमा लागेर जनताको मत कदर नगरेको प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले बताएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा पार्टी प्रवेश कार्यक्रममा पुर्व प्रधानमन्त्री ओलीको आफनो कार्यकाल उखान टुक्का मै बिताएको आरोप लगाए । घरघरमा ग्यासको पाईप, पानी जहाज जस्ता कुरामा अल्झाएर विकास विरोधी काम मात्र आफनो कार्यकालमा गरेका छन् । माधव नेपालले पार्टी फुटाएको आरोप गलत रहेको कानुन मन्त्री यादवले बताए । अहम, घमण्डले गर्दा पाटीबाट अल्लगिएको उनको आरोप रहेको छ ।  तानाशाही शासनबाट मुक्त भएर देश र जनताको हकहितको लागि लडने भएकोले एकिकृत समाजवादीमा देशैभर पार्टी प्रवेश कार्यक्रममा लर्को लागेको उनले बताए ।

भर्खर आफुले मन्त्रीको सपथ ग्रहण गरेकोले आफनो मन्त्रालयबाट हुने सहयोगको एजेन्डा लिएर आउनुस आफुले कार्यन्वयन गर्ने बताए ।
सुर्य चिन्ह जनताको पक्षमा काम गर्न नसक्ने साबित गरिसकेको बताए । मुलुक कै भ्रष्ट पुर्वप्रधानमन्त्री ओलीले आफनो निजि स्वार्थ पुरा गर्न लागिपरेकोले पाटी विद्रोह भएर अर्को पार्टी गठन भएको उनले जानकारी गराए । सरोज पटेलको अध्यक्षतामा वडा नम्वर २३ भतौडामा वडा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा विनोद पटेल, रन्जित कुशवाहा, सचिव नागिन्द्र मिश्रा, माला देवि, राधेश्याम पटेल लगायतका रहेका छन् ।

नागेन्द्र मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्याय तथा कानुन मन्त्री प्रमोद यादव, पाटी पोलिट ब्युरो सदस्य दिनेश राई, प्रदेश २ का संसद तथा प्रमुख सचेतक सुन्दर विश्वकर्मा, पार्टीका केन्द्रिय सदस्य श्रीप्रसाद पासवान, बारा सहईन्चार्ज बतहु यादव, पार्टी उपाध्यक्ष उस्मान अंसारी, बिजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, जिल्ला सदस्य धु्रव यादव, सुरेश मोदक, विरेन्द्र साह, रमेश सुवेदी, कौशल किशोर सिह, महिला ईन्र्चाज गौरी ढकाल, नगर अध्यक्ष अरुण खनाल, राजेश गुप्ता, असर्फि पटेल, धर्मराज महतो एकीकृत समाजवादी पत्रकार सँघ बाराका अध्यक्ष अजय साह लगायतको सहभागिता रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News