२०७८ पुष ६, मंगलवार १५:३७

पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी खुला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो । चन्द्रमोहन भने तेस्रो सर्वाधिक २ हजार १३८ मत ल्याएका छन् । तराई मधेस समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया सबभन्दा बढी मत २ हजार ५२२ ल्याएर मधेसीकोटामा केन्द्रीय सदस्य निर्वाचित भएको बुझिएको छ ।

अर्बपति उद्योगपति विनोद चौधरी पनि मधेसी कोटामा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । समानुपातिक साँसद समेत रहेका उनी दोस्रो स्थान अर्थात् २ हजार २०६ मत ल्याएका छन् ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=1s

Comment


Related News

Latest News

Trending News