२०७८ पुष ७, बुधबार १३:३२

रौतहट । थुपारेर राखिएको धानमा लागेको आगो घरमा सल्किँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त आगलागीबाट एक बालक घाइते भएका छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका १ बरगिनियाँमा भएको आगलागीमा परी सोही स्थानका जोकु राय यादवकी ३ वर्षीया छोरी अराध्या कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगोमा जलेर सोही स्थानका सञ्जिव साहका २ वर्षीय छोरा रोहित साह गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि वीरगञ्ज ल्याइएको छ ।

काटेर थुपारिराखेको धान नजिकै बालबालिकाले आगो सल्काइ खेल्ने क्रममा आगो मदन यादवको घरमा समेत सल्किएको थियो । आगलागीबाट यादवको फुसको घर र एक विगाहाको धान जलेर नष्ट भएको छ ।

आगलागीलाई वारुणयन्त्र, स्थानीय, सुरक्षाकर्मीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News