जनकपुरधाम ।नेपाली कांग्रेसको प्रादेशिक चुनावका लागि प्रतिनिधि र शुभेच्छुकहरुमा भइरहेको एक दिनको खर्च जनकपुरधामको सबैभन्दा ठूलो महोत्सव रामजानकी विवाहपञ्चमीको भन्दा बढी रहेको छ ।
विवाहपञ्चमीमा लाखौ मानिसहरुको सहभागिता रहे पनि कांग्रेसका केही हजार मानिसले दैनिक गरेको खर्च भन्दा कम रहेको नेपाली कांग्रेसका प्रतिनिधि समेत रहेका व्यवसायी निर्मल कुमार चौधरीले जनाए । दुई दिनमा सम्पन्न हुने प्रदेश समितिको चुनाव लम्बिएपछि जनकपुरधाम, ढल्केवर र बर्दिबासको होटेल व्यवसायीहरुलाई भ्याइनभ्याइ छ । महँगा रक्सी, मासु, माछाका विभिन्न परिकार होटेलका महँगा कोठा प्रतिनिधि र शुभेच्छुकहरुलाई उपलब्ध गराइएको छ ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=2s