२०७८ पुष ८, बिहीबार ०७:५०
मलंगवा । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सर्लाही क्याम्पस मलंगवाको सम्मेलन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न दोश्रो क्याम्पस सम्मेलनबाट धर्मेन्द्र यादवको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको छ । सर्वसम्मतिले गठन गरिएको कमिटीको उपाध्यक्षमा सुभाष यादव,सचिवमा अभिषेक झा,स–सचिवमा चन्दन यादव तथा कोषाध्यक्षमा मनिषा मिश्राको चयन गरेको छ भने बाँकी सदस्य रहेको जनाइएको छ ।


