राजविराज । नेपाल सदभावना पार्टीले आगामी निर्वाचन पूर्व संविधान संशसोधन गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको टुंगो लगाउनु पर्ने माग अघि सारेका छन् ।
राजविराजमा बुधवार पत्रकार सम्मेलन गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले यस्तो माग अघि सारेका हुन् । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र सही तरिकाले निर्धारण गरेमात्रै मधेशको असंतुष्टिलाई सम्बोधन गर्न सकिने भन्दै उनले आगामी निर्वाचन भन्दा पहिले नै यसको टुंगो लगाउनु पर्ने आवश्यकतामा जोड दिए । अध्यक्ष महतोले नागरिकता नभएकाहरुलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था मिलाउनु पर्ने जिकिर समेत गरे । नागरिकता लिन योग्य रहेर पनि लाखौं नागरिक अझै नागरिकताविहीन रहेको भन्दै उनले भने,‘मत खसाल्ने अधिकारबाट वञ्चित गर्नु नागरिकमाथिको अन्याय हो।’ मधेशको अधिकारकालागि आपूmहरु जस्तो सुकै पनि आन्दोलन गर्न तयार रहेको भन्दै उनले पार्टीको मागलाई सरकारले गंभीरताका साथ लिनु पर्नेमा जोड दिए । कृषिमा आश्रित मधेशका किसानहरु अहिले विभिन्न समस्याबाट ग्रस्त रहेको भएपनि समस्या समाधानमा सरकार मूकदर्शक बन्दै आएको टिप्पणी गरे । अध्यक्ष महतोले रासायनिक मल, बीउ, विजन सिंचाई लगायतको पर्याप्त व्यवस्था गरी किसानलाई राहत पु¥याउन सरकारसंग माग समेत गरेका थिए ।
सम्मेलनमा पार्टीका केन्द्रीय नेता दशरथ यादव,संजय कुमार महतो, जिवछ यादव, बरिष्ठ सल्लाहकार महिदेव चौधरी लगायतले पनि बोल्दै मधेशका माग पूरा गर्न सरकारले गम्भीरता पुर्वक सोच्नु पर्नेमा जोड दिएका थिए ।


