२०७८ पुष ८, बिहीबार १६:१८

विद्युतीय राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित जिल्लाबाटै निवेदन दिन सकिने भएको छ ।  राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले विद्युतीय राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि आफ्नै जिल्लामा निवेदन दिन आग्रह गरेको हो ।

हाल ७७ जिल्ला प्रशासन कार्यालय १७ वटा इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबारमा रहेका स्टेशनहरुबाट लाइभ इनरोलमेन्ट (विवरण प्रविष्ट) मार्फत विवरण प्रविस्ट गरी राष्ट्रिय परिचय नम्बर लिन सकिने जनाएको छ।

विभागका अनुसार विद्युतीय राहदानी अति जरुरी पर्ने व्यक्तिले आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी अनलाइनमार्फत प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बर लिएर राहदानीको आवेदन दिन सकिने छ ।

विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट गर्ने स्टेशनहरु हाल राहदानी विभाग, त्रिपुरेश्वर उपत्यकाका तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुका अतिरिक्त अन्य जिल्लामा समेत विस्तारित हुने क्रममा रहेको जनाएको छ। यो विस्तारित हुने क्रमसँगै सबै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय (राहदानीको कार्य गर्ने गरी तोकिएकोमा) मा पुगेपछि हाल काठमाडौ उपत्यकामा राष्ट्रिय परिचय पत्र नम्बर लिनको लागि हुने गरेको भिड क्रमशः व्यवस्थापन हुने जनाएको छ।

Comment


Related News

Latest News

Trending News