२०७८ पुष ९, शुक्रबार ०७:३६

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले १४१ मतान्तरले प्रदेश मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् ।

रौतहटका कृष्णाले ९९६ मत ल्याएर निर्वाचित भएको बुझिएको छ । प्रतिस्पर्धी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव भने ८८५ मत मात्र पाएका छन् ।

प्रदेश सभापतिमा विजयी कृष्णा शेरबहादुर देउवा समूहका हुन् । पराजीत भएका रामसरोज बिमलेन्द्र निधी र शेखर कोइराला समूहका उम्मेदवार थिए ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=6s

Comment


Related News

Latest News

Trending News