अपडेट 
२०७८ पुष ९, शुक्रबार १५:३१

नेपालमा शुक्रबार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ६० पिसिआर परिक्षणका क्रममा २ सय ३७ जना र ३ हजार ८ सय ३८ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ९ लाख २३ हजार १६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार २ सय ७१ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४८ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News