राजविराज । पिप्रा महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा सप्तरी जिल्लाको कंचनरुप नगरपालिका–५ बलुवामा संचालित सानाकिसान सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पनन भएको हो । संस्थाकी अध्यक्ष रिंकु सिंहको अध्यक्षतामा भएको साधारण सभामा बोल्दै मन्त्री साहले सहकारी संस्थाको माध्यमले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा ठूलो टेवा पुगेको बताए । सहकारीको माध्यमले बेरोजगारी समस्या सामाधन गर्न योगदान गरेको छ, मन्त्री साहले भने, ‘सहकारी संस्थाले गरेको लगानीले ग्रामिण क्षेत्रका सानाकिसानहरुले ब्यापार व्यवसायको माध्यमले राम्रो आम्दानी हांसिल गरेको छ । महिलाहरूको सक्रियतामा संचालित सहकारीले छोटो समयमै ठूलो प्रगति गरेकोमा प्रशंसा गर्दै मन्त्री साहले प्रदेश २ सरकारको तर्फबाट संस्थाको भवन निर्माण लगायतका हरेक क्रियाकलापमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कंचनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्राले सहकारी संस्थालाई नाफामुखी भन्दा सेवामुखी बनाउनु आवश्यक रहेको बताए ।उनले संस्थाको विकासकालागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव भोला पासवानले संस्था संचालनकालागि वित्तीय सशक्तीकरण कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कल्पना चौधरीले संस्थाको भवन निर्माणको कार्यमा सरकारी सहयोग जुटाउन संस्थाका महिला दिदी बहिनीहरु संगसंगै लागि पर्न तत्पर रहेको बताईन् । संस्थाकि प्रबन्धक जानकी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष लिलम चौधरीले गरिन् । उक्त साधारणसभामा अध्यक्ष रिंकु सिंहले प्रतिवेदन तथा लेखासमिति संयोजक कल्पना चौधरीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । कार्यक्रममा संस्थामा उकृष्ट कार्य गर्ने सदस्यहरुलाई मन्त्री साहले दोसल्ला तथा कृषि सामग्री प्रदान गरी सम्मान गरेका थिए ।


