२०७८ पुष १०, शनिबार ११:५९

वीरगन्ज । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको ५१ सदस्यीय पर्सा जिल्ला कमिटी गठन भएको छ । पर्साको सखुवाप्रौनी गापा ३, कौवाबन कटैयामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीले दलित समुदाय बीचको एकता र सता कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणात्मक मन्तव्य सहित पदाधिकारीहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

प्रमानन्द रामको अध्यक्षतामा गठित कार्यसमितिमा उपाध्यक्षमा लक्ष्मी पासवान, सचिव दिपेन्द्र राम, कोषाध्यक्षमा गौतम देवी, सहसचिवमा विनोद राम रहेका छन् भने सदस्यहरुमा जयप्रकाश माझी, हफीम माझी, रमेश बैठा, गुदर मलिक, जयलाल राम, सुरज महरा, रामरती साफी, अबधेश राम, रामसेवक राम, बलकिसुन माझी, गजेन्द्र राम, प्रयाग माझी, भीखन राम, मोहन चमैन, संजोग राम, रामरती चमैन, गोरख राम, खलिल राम, सरस्वती देवी मोची, हरेलाल राम लगायतका छन् ।

दलितभित्रका सम्पूर्ण समुदायलाई समाविष्ट गर्नेगरी तीनजना पदाधिकारी र १८ जना जिल्ला सदस्य खाली राखिएको कार्यक्रममा अतिथिको रुपमा उपस्थिति मनोज रामले जानकारी दिएका छन् ।

जयलाल रामको अध्यक्षतामा आयोजित कार्यक्रममा सयौंको संख्यामा दलित समुदायको उपस्थिति रहेका थिए भने विशिष्ट अतिथिको रुपमा जागरणका सप्तरी संयोजक प्रथमलाल राम, अतिथिहरुमा चन्द्रकिशोर राम, मनोज राम, हिरालाल राम थिए भने उनीहरूले पनि प्रशिक्षणात्मक मन्तव्य सहित समितिलाई शुभकामना मन्तव्य राखेका थिए ।

Comment

Related News

Latest News

Trending News