२०७८ पुष १०, शनिबार १५:३४

सशस्त्र प्रहरीले विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ ।

सिराहाको औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो ।

३० किलो गाँजा भारत लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।

सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।

Comment


Related News

Latest News

Trending News