२०७८ पुष १०, शनिबार १९:००

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज घन्टाघरबाट तस्करीको समान सहित टक पक्राउ गरेको छ ।

अवैध रूपमा भन्सार छली भित्रयाईएको २५ लाख मूल्य बराबरको सामाग्रीसहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर सडकखण्डमा चेकजाँचको क्रममा ना।३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकले लोड गरको समानको बिलबिजक देखाउन नसकेपछि २५लाख मुल्यको सामाग्री सहित पर्सा प्रहरी मिनी ट्रक नियन्त्रणमा लिइएको हो ।लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय ९चालक० प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News